Breaking News.... EverestOnlineKhabar
May 1, 2026

कलिवस्तुमा चौधरीको हत्यापछि स्थिति तनावग्रस्त, स्थानीयवासीमाथि लाठी र अश्रुग्यास प्रहार

Loading

कपिलवस्तु । कपिलवस्तुमा अज्ञात समूहको गोली प्रहारबाट स्थानीय दीपेन्द्रकुमार चौधरीको हत्या भएपछि स्थिति तनावग्रस्त बनेको छ । हत्यारा पत्ता लगाइ कारबाहीको माग गर्दै  भएको प्रदर्शन उग्र बनेको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्नुका साथै केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरीको लाठीचार्जबाट एकजना घाइते भएका छन् ।

आक्रोशित समूहले घटनामा संलग्न भएको आरोप लगाउँदै स्थानीय अजित पाण्डेको ट्याक्टर र कम्बाइन मसिनमा आगजनी गरेका छन् । गत निर्वाचनमा गाउँपालिकाको अध्यक्षका स्वतन्त्र उम्मेदवार रहेका चौधरीमाथि शुक्रबार राति शुद्धोधन गाउँपालिका–४, मोतीभारीस्थित घरनजिकैको सडकमा अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

गोली लागेर गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा पुर्‍याउँदा मृत्यु भएको हो ।चौधरीमाथि ६ राउन्ड गोली प्रहार भएको छ । टाउकामामात्रै ५ गोली प्रहार भएको देखिएको छ ।

घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तले भने स्थानीय ‘अजित’ भनेर चिनिने बन्टी पाण्डेले विवादपछि दीपेन्द्रमाथि गोली प्रहार गरेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed