![]()
काठमाडौं । सरस्वती युुथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । सशस्त्र प्रहरीबलको हलचोक मैदानमा भएको खेलमा सुरुआती अग्रता लिएको सरस्वतीविरुद्ध फ्रेन्ड्सले गोल फर्काउन नसक्दा ३—० गोल अन्तरले पराजित भयो ।
यसअघिका दुुई खेलमा लगातार पराजित सरस्वतीले फ्रेन्ड्स क्लबविरुद्ध सहज जित निकालेको हो । सरस्वतीका लागि १३ औं मिनेटमा भिक्टर अमोबी ओजोअनिल्जेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा फ्रान्सीसले गोल गर्दै फ्रेन्ड्सलाई दबाबमा राखेका थिए ।
सरस्वतीमाथि फ्रेन्ड्सले गोलका अवसर बनाए पनि प्राप्त मौकालाई सदुपयोग गर्न भने सकेन । खेलको ८३ औं मिनेटमा सरस्वतीका ओलुसोला के इब्राहिमले गोल गर्दै टिमलाई तेब्बर अग्रता बनाएका थिए ।
जितसँगै सरस्वती क्बलले ३ अंक जोडेको छ भने पराजित फ्रेन्ड्सले लिगको अंक तालिकामा खाता खोल्न सकेको छैन् ।


