Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । अमेरिकाको लुजियानाका एक दम्पतीले सरसफाइको क्रममा १८ लाख अमेरिकी डलर बराबरको ज्याकपट (चिट्ठा) को विजयी टिकट भेट्टाएका छन् । थ्याङ्सगिभिङ्गका लागि सरसफाइ गर्ने क्रममा टिना एरनबर्गले चिट्ठाका धेरै टिकटहरु फेला पारेकी थिइन् । उनले आफ्नो नाइटस्ट्याण्डमा टिकट भेट्टाएकी हुन् ।

फेला परेका टिकट मध्ये एउटाबाट उनी र उनका श्रीमानले १८ लाख अमेरिकी डलर (२० करोड ३४ लाख नेपाली रुपैयाँ) बराबरको चिट्ठा जितेका हुन् । टिकट एक्सपायर हुनु भन्दा झण्डै दुई हप्ताअघि उनीहरुले भेट्टाएका हुन् । लक्की ड्र गएको जुन ६ मा भएको थियो र ६ महिना भित्र दाबी गरिनु पर्ने थियो ।

उनीहरुले राज्य तथा संघीय करपछि १३ लाख अमेरिकी डलर पाएका छन् । उनीहरुले अवकासपछिको जीवनका लागि यो रकम जोगाएर राख्ने योजना बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed