![]()
काठमाडौँ । पुनर्गठित एकीकृत नेकपा माओवादीका अध्यक्ष गोपाल किराँतीले नेपाली कांग्रेसले राणाशासन हटाएको र माओवादीले राजा हटाएको बताएका छन्। किराँतीले एमालेको त्यस्तो कुनै उल्लेख्य इतिहास नरहेको दावी गरेका छन्।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठनको पाँचौं वर्षगाँठका अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै किराँतीले केपी ओली नेतृत्वको सरकार खाल्टोमा भासिइसकेको आरोप लगाए ।
‘कांग्रेसले राणा र माओवादीले राजा हटाएको हो, एमालेको मुख्य योगदान गरेको इतिहास हिजो पनि थिएन, आज पनि छैन,’ किराँतीले भने।
समारोहलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ९ महिनामै नांगिएको दाबी गरे । ‘यो सरकार ८–९ महिनामै नांगिएको छ,’ कट्टेलले भने।

प्रधानमन्त्री ओलीसहित नेकपामा नेताहरु कमाउ धन्दामा लागेकाले जनताका कुनैपनि समस्या समाधान हुन नसकेको आरोप उनले लगाए ।


