Breaking News.... EverestOnlineKhabar
May 1, 2026

फ्रान्सलाई जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न गृहमन्त्रीको आग्रह

Loading

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ सँग नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दैै आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वास व्यक्त गरे ।     नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय रहेको भन्दै गृहमन्त्री थापाले  नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आवश्यक समन्वय गरीदिनका राजदूत लेजेलाई आग्रह गरे ।
राजदूत लेजेले केही समयअघि नेपाल र फ्रान्सका सांसदहरु रहेको समूह निर्माण भएको बताउँदै यसले दुई देशबीच थप सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।     नेपालमा वर्षेनी ३० हजार बढी फ्रान्सेली पर्यटकहरु नेपाल भ्रमण आउने गरेको र उनीहरुको सुरक्षाबारे चासो व्यक्त गर्दै राजदूत लेजेले हालसम्म नेपालले फ्रान्सेली पर्यटकहरुलाई दिँदै आएको सुरक्षाबाट आफूहरु सन्तुष्ट रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed