Breaking News.... EverestOnlineKhabar
May 1, 2026

जर्मनीसंग २–२ को बराबरीपछि नेदरल्याण्ड सेमिफाइनलमा

Loading

एजेन्सी । अन्तिम पाँच मिनेटमा दुई गोल गरेर जर्मनीलाई २–२ को बराबरीमा रोक्दै नेदरल्यान्ड्सले  युइएफए नेसन्स लिग फुटबलको अन्तिम चरणमा स्थान बनाएको छ ।

टिमो वेर्नरको गोलमा जर्मनीले नवौं मिनेटमा अग्रता लिएको थियो । लेरी सानेले २०औं मिनेटमा अग्रता दोब्बर बनाए । पहिलो हाफमै दुई–शून्यले अग्रता लिएको जर्मनीले त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिनु पर्यो । खेल सकिन पाँच मिनेट बाँकी रहँदा क्विन्सी प्रोमेसले गोलअन्तर कम गरे भने इन्जुरी समयमा लिभरपुलका रक्षक भर्जिल भान डाइकले टोनी भिल्हेनाको क्रसलाई पोष्टको दिशा दिँदै बराबरी गोल फर्काए ।

बराबरीसँगै नेदरल्यान्ड्सले लिग ए को समूह १ बाट विजेता बन्दै प्लेअफमा स्थान बनाउन सफल भयो । जर्मनी भने यसअघि नै रेलिगेसनका परेको थियो । नेदरल्यान्ड्सको ४ खेलबाट ७ अंक छ । समान सात अंक भए पनि फ्रान्स गोल अन्तरमा दोस्रो स्थानमा रहेको हो । नेदरल्यान्ड्सले अब इङ्ल्यान्ड, पोर्चुगल र स्विट्जरल्यान्डमध्ये एक सँग फाइनलका प्रतिस्पर्धा गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed