Breaking News.... EverestOnlineKhabar
May 1, 2026

सरकार अधिनायकवाद उन्मुख भएकाले प्रजातन्त्र नष्ट हुने चिन्ता : देउवा

Loading

काठमाडौं।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ सोझिएको दाबी गरे।

दुई तिहाइको सरकार गठन सँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महशुस जनताले गर्न नसकेको जिकिर गरे। भने, ‘राजनीतिक स्थिरताको चर्चा गरियो, तर, जनतालाई महशुस भएन।’ उनले मुलुकको राजनीति सत्ताउन्मुख हुँदै गएकोमा चिन्तासमेत व्यक्त गरे।

अधिनायवादले प्रजातन्त्रलाई नष्ट गर्ने भन्दै सभापति देउवाले २००७ साल देखि प्रजातन्त्रको पक्षमा लड्दै आएको पृष्ठभूमिमा फेरि एकपटक प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए।

उनले सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिए। प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती र कमजोरीलाई बिर्सेर एकढिक्का भई अघि बढ्न पनि उनले नेता कार्यर्तालाई निर्देशन दिए।

पार्टीको महासमिति बैठकको सन्र्दभमा राजनीतिक मस्यौदामा सुझाव संकलनका लागि कांग्रेसले ३ नम्बर प्रदेशका सांसदहरुको भेला बोलाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed