Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मिसायल र ड्रोन आक्रमण बन्द गर्ने हुथी बिद्रोहीको घोषणा

Loading

बीबीसी । यमनको हुथी विद्रोही समूहले संयुक्त राष्ट्रसंघको आग्रहमा केही समयका लागि ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने घोषणा गरेको छ । यमन विश्वकै मानवअधिकारको हनन् र संकट देखा परेको देशमा परेको र विगत तीन वर्षदेखि जारी संघर्ष अन्त्यका लागि संयुक्त राष्ट्रसंघले बिद्रोहीलाई वार्तामा बोलाई बारम्बार युद्धबिरामको लागि पहल जारी नै राखेको छ ।

संयुक्त राष्ट्रसंघको यही अनुरोधकै कारण हुथी बिद्रोहीका प्रमुख मोहमद अली अलले ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने घोषणा गर्नुभएको हो । संयुक्त राष्ट्रसंघका प्रतिनिधी मार्टिन ग्रिफिथ्ससँगको वार्तापछि ड्रोन र मिसाइल आक्रमण नगर्ने घोषणा गरेको जानकारी दिँदै मोहमद अली अलले आफूहरु पनि युद्धबिरामको पक्षमा रहेको जानकारी दिएका छन् ।

यसैबीच संयुक्त अरब इमिरेट्स र साउदी अरबको गठबन्धन सेनाले संयुक्त राष्ट्रसंघको पहलको स्वागत गर्दै यमनमा आगामी वर्षमा युद्ध समाप्त हुन सक्ने आशा गरेका छन् ।

सन् २०१५ मा हुथी बिद्रोहीले यमनको पश्चिमी शहर नियन्त्रणमा लिई राष्ट्रपति अब्दुलाह मानसेर हड्डीलाई देश निकाला गरेको थियो ।यमनमा तीन वर्षसम्म भएको युद्धमा हजारौंको मृत्यु भइसकेको छ भने लाखौं भोकमरीको शिकार बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed