![]()
ललितपुर । ललितपुर महानगरपालिकाले सहरका मुख्य–मुख्य सडकमा सीसीटीभी क्यामेरा जडान गर्ने तयारी गरेको छ। ललितपुर महानगरपालिकाका नगरप्रमुख (मेयर) चिरिबाबु महर्जनले महानगर भित्रका मुख्य–मुख्य सडकमा सीसीटीभी क्यामेरा जडान गर्ने तयारी भइरहेको जानकारी दिए।
१३औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अपराध नियन्त्रणका लागि प्रहरीलाई सघाउ पुर्याउन महानगरपालिकाले सीसीटीभी क्यामेरा सडकमा जडान गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे।
मेयर महर्जनले सीसीटीभी क्यामेरा सडकमा जडान गर्नका लागि स्थानीय जनता र नेपाल प्रहरीसँग आवश्यक सहकार्य भइरहेको पनि बताए।


