Breaking News.... EverestOnlineKhabar
May 1, 2026

प्रचण्ड पुत्र प्रकाशको प्रथम स्मृति दिवस, उपराष्ट्रपतिसहित, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र बिभिन्न दलका शीर्ष नेता उपस्थित

Loading

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको प्रथम स्मृति दिवस आयोजना गरिएको छ ।  काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रकाश दाहाल स्मृति स्मारिका विमोचन गरिएको छ । प्रधानमन्त्री केपी ओलीसहित नेकपाका शीर्ष नेताहरुले उक्त स्मारिका संयुक्त रुपमा विमोचन गरेका हुन् ।

स्मृति दिवसमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेकपाका शीर्ष नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती थियो ।

ह्रदयघातका कारण प्रचण्डपुत्र प्रकाशको एक वर्ष अगाडि आजैका दिन मृत्यु भएको थियो । तत्कालीन माओवादीले चलाएको सशस्त्र द्वन्द्वमा सुरु देखि नै सक्रिय प्रकाश माओवादी शान्ति प्रक्रियापछि प्रचण्डको निजी सचिवालयमा थिए ।

समारोहमा अध्यक्ष दाहाल छोरा प्रकाशलाई सम्झेर भावविह्वल भएका थिए । आमा सीता दाहाल पनि छोराको फोटो हेर्दै पटक–पटक भक्कानिएकी थिइन । समारोहमा उपस्थित सबै मानिसको अनुहारमा पीडा प्रष्टरुपमा झल्केको देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed