Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । इटलीमा विवाह गरेपछि दीपिका पादुकोण र रणवीर सिंह भारत फर्किएका छन्। आइतवार मुम्बइ फर्किएको यो जोडीलाई उनीहरूका प्रशंसकले दिएको बधाईका लागि उनीहरूले धन्यवाद दिएका छन्। यो जोडीको बुधवार इटलीको लेक कोमोमा कोंकणी रीतिरिवाज अनुसार विवाह सम्पन्न भएको थियो।

भारत फर्किएको यो नवविवाहित जोडीले पहिले विमानस्थल र पछि उनीहरूको अपार्टमेन्टबाट आफ्ना प्रशंसकहरूलाई अभिवादन गर्दै तस्बिर पनि खिचाएका थिए।

विवाहको व्यापक चर्चा किन?

बलिउडको बहु-प्रतिक्षित विवाह मध्येको एक दीपिका-रणवीरको विवाह एउटा नीजि समारोहका माझ भएको थियो जहाँ घरपरिवारका सदस्यहरू र केही विशेष साथीहरूलाई मात्र निमन्त्रणा दिइएको थियो। विवाहको पहिलो तस्बिर रणवीर सिंहले सामाजिक सञ्जालमा राखेका थिए। रणवीर सिंहले आफ्नो ट्वीटरमा विवाहका दुईवटा तस्बिर राखेका थिए।

दीपिकाले भने इन्स्टाग्राममा विवाहको तस्बिरहरू राखेर विवाह सम्पन्न भएको सूचना दिएकी थिइन्। रणवीरले ट्वीट गरेको पहिलो तस्बिरमा उनले रातो रङको शेरवानी लगाएको देखिएको थियो र दीपिकाले पनि रातो रङको लेहेंगा लगाएकी थिइन्। यो तस्बिरमा रणवीरले दीपिकालाई एकदम नजिकबाट हेरिरहेका थिए भने दीपिका शिर निहुराएर आफ्नो हातलाई बाँधेर बसिरहेको देखिएको छ।

रणवीर र दीपिकाको विवाहलाई लिएर सुरूदेखिनै निकै चर्चा चलेको थियो।

रणवीर सिंह दीपिका पादुकोण

प्रेम सम्बन्ध

गत महिना यो जोडीले आफ्नो विवाहको मिति उल्लेख भएको एउटा कार्ड सार्वजनिक गरेका थिए। उक्त कार्डको विशेषता भनेको त्यो हिन्दी र अङ्ग्रेजी दुवैमा लेखिएको थियो। चलचित्र उद्योगसँग जोडिएका मानिसहरूका अनुसार यी चर्चित जोडीबीचको प्रेमसम्बन्ध ‘गोलियों की रास लीला- रामलिला’ चलचित्रबाट सुरू भएको हो।

त्यसपछि रणवीर सिंह र दीपिका पादुकोण थुप्रै चलचित्रमा एकै साथ देखा परेका छन् जुन बक्स अफिसमा निकै चर्चित पनि भए। उनीहरूले अभिनय गरेका चर्चित चलचित्रहरूमध्ये ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ हुन्।

बाजीराव मस्तानीमा दुवैबीचको ‘केमेस्ट्री’लाई लिएर चलचित्र समीक्षकहरू र अरूबाट पनि धेरै प्रशंसा भएको थियो। यस बाहेक सबै चलचित्र समारोहमा पनि रणवीर सिंह र दीपिका शान्त प्रकृतिका देखिन्थे। दुवै जोडीलाई चलचित्र क्षेत्रका मानिस र उनका शुभचिन्तकहरूले आ-आफ्नै ढङ्गबाट बधाई दिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed