Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अष्ट्रेलियाबिरुद्धको टी २० क्रिकेटको शृखंला दक्षिण अफ्रिकालाई

Loading

एजेन्सी । दक्षिण अफ्रिकाले अष्ट्रेलियासँगको एक मात्र खेलको टि–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । घरेलु टोली अष्ट्रेलिया २१ रनले पराजित भएको हो । वर्षाको कारण खेल १० ओभरमा छोट्याइएको थियो । त्यही १० ओभरमा १०९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ७ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सकेपछि दक्षिण अफ्रिकाले सहज जित निकालेको हो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्श्वेलबाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । म्याक्श्वेलले ३८ रन बनाएका थिए । उनले २३ बलको सामाना गर्दै २ छक्का २ चौका प्रहार गरेका थिए । त्यस्तै, क्रिस लिनले १४ रनको योगदान दिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान फाफ् डु प्लेसिस्ले २७ रन बनाउँदा क्विन्टन डि कक्ले २२ रनको योगदान दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed