Breaking News.... EverestOnlineKhabar
May 1, 2026

नेपाल पुलिस क्लब र मच्छिन्द्र क्लबबीच गोलरहित बराबरी

Loading

काठमाडौं । नेपाल पुलिस क्लब ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ ।  ३३औं मिनेटमा अभिषेक रिजालले गोलको राम्रो अबसर खेर फाल्दा पुलिसले अग्रता लिने राम्रो अवसर गुमायो । रबि पासवानको क्रसमा अभिषेकले पेनाल्टी क्षेत्रबाट हानेको प्रहारलाई मछिन्द्रका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए ।

यससँगै पुलिसको दुई खेलबाट ४ अंक भएको छ । समान खेलबाट मछिन्द्राको २ अंक छ । पुलिसले पहिलो खेलमा जवालाखेललाई १–० ले हराएको थियो भने मछिन्द्रले च्यासलसँग गोलरहित बराबरी खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed