Breaking News.... EverestOnlineKhabar
May 1, 2026

इटलीसंग गोलरहित बराबरीपछि पोर्चुगल सेमिफाइनलमा प्रवेश

Loading

एजेन्सी । पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलमा इटालीसँग बराबरी खेल्दै सेमिफाइनल प्रवेश गरेको छ । समूह ए को थ्रीमा भएको खेलमा इटालीसँग पोर्चुगलले गोलरहित बराबरी खेलेसँगै सेमिफाइनल यात्रा तय गरेको हो । पोर्चुगल समुह ए थ्रीको शीर्ष स्थानमा रहंदै ७ अंक बनाएर एक खेल खेल्नु अघि नै सेमिफाइनल पुगेको हो ।

आफ्नै मैदानमा भएको खेलमा पनि इटालीले पोर्चुगललाई पराजित गर्न सकेन । विश्वचर्चित खेलाडी तथा पोर्चुगलका नियमित कप्तान क्रिस्टियानो रानोल्डोविनै विनै मैदानमा उत्रिएको पोर्चुगलले खेलअवधिभर रक्षात्मक खेल खेलेको थियो ।

पहिलो हाफमा बराबरी खेलेको इटालीले दोस्रो हाफमा पनि बराबरी खेल्न पुग्यो । तर खेलअवधिभर इटालीले पोर्चुगललाई दबाबमा राखेको थियो । इटालीको ४ खेलबाट ५ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed