![]()
एजेन्सी । पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलमा इटालीसँग बराबरी खेल्दै सेमिफाइनल प्रवेश गरेको छ । समूह ए को थ्रीमा भएको खेलमा इटालीसँग पोर्चुगलले गोलरहित बराबरी खेलेसँगै सेमिफाइनल यात्रा तय गरेको हो । पोर्चुगल समुह ए थ्रीको शीर्ष स्थानमा रहंदै ७ अंक बनाएर एक खेल खेल्नु अघि नै सेमिफाइनल पुगेको हो ।
पहिलो हाफमा बराबरी खेलेको इटालीले दोस्रो हाफमा पनि बराबरी खेल्न पुग्यो । तर खेलअवधिभर इटालीले पोर्चुगललाई दबाबमा राखेको थियो । इटालीको ४ खेलबाट ५ अंक भएको छ ।


