Breaking News.... EverestOnlineKhabar
May 1, 2026

श्रीलंकाबिरुद्ध दोस्रो टेष्टमा पनि इङल्याण्ड बिजयी, तेस्रो टेष्ट शुक्रवार हुँदै

Loading

एजेन्सी । श्रीलंकाको क्यान्डीमा भएको दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्डका बलर ज्याक लिचले पाँच विकेट लिएपछि श्रीलंका ५७ रनले पराजित भएको छ । तीन खेलको यस शृङ्खलामा इङ्ल्यान्डको यो लगातार दोस्रो विजय हो ।

पाचौँ दिन ३० मिनेटभित्रै इङ्ल्यान्डले श्रीलंकाका तीन विकेट लिएर खेल जितेको थियो । सन् २०१५–१६ मा अफ्रिकालाई पराजित गरेयता विदेशी भूमिमा इङ्ल्यान्डको यो पहिलो शृङ्खला विजय हो । श्रीलङ्कालाई यसअघि सन् २००१ मा इङ्ल्यान्डले श्रीलंकामै आएर शृङ्खला जितेको थियो ।

श्रीलंकालाई जितका लागि ३०१ रन आवश्यक थियो, तर श्रीलंकाले २४३ रन मात्र बनाउन सकेको थियो । यसअघि गाल्लेमा भएको पहिलो टेस्ट पनि इङ्ल्यान्डले जितेको थियो । दोस्रो टेस्टमा ज्याक लिच, मोइन अलि र अदिल रसिदले १९ विकेट लिएका थिए । साथै, इङ्ल्यान्डका कप्तान जो रुटले दोस्रो इनिङमा १२४ रनको महत्वपूर्ण पाली खेलेका थिए ।

जितपछि बोल्दै कप्तान रुटले निकै सङ्घर्षपूर्ण जीत प्राप्त गरेकामा टोलीका सबै खेलाडी प्रसन्न रहेको बताए ।  तेस्रो टेस्ट कोलम्बोमा शुक्रबार शुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed