![]()
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले डुइङ बिजनेस (बिजनेस गर्ने वातावरण) मा विश्व बैकले नेपालमा गरेको मूल्यांकनप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले समान्य विषयलाई केलाएर विश्व बैंकले नेपाललाई तल झारिदिएको भन्दै आपत्ती जनाएका हुन्।
विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा डुइङ बिजनेसमा मा ११० औँ स्थानमा झरेको छ। जब कि अघिल्लो वर्ष नेपालले १०५ औँ स्थान ओगटेको थियो।
उनले विश्व बैंकले गरेको मूल्यांकन पद्धती नै गलत भएको समेत दाबी गरेका छन्। ‘करको फाइलिङमा सामान्य समस्या छन् भनेर एउटा सानो कुरा देखाएर १०५ बाट ११० मा झारिदिए कुनै अन्तर्राष्ट्रिय संस्थाले’ अर्थमन्त्री खतिवडाले भने ‘त्यसमा हाम्रो आपत्ती छ हामीले यो कुरा ठीक छैन भनेर भनिसकेका छौँ र त्यसको रिभ्यु हुँदै छ’ उनले सरकारले आफूले निर्वाह गर्ने दायीत्व नबिर्सेको समेत बताए।
केही काम गर्न अलिकति ढिला भयो भन्दैमा त्यसैलाई आधार बनाएर मूल्यांकन गर्न नहुने उनले बताएका छन्। ‘सामाजिक सुरक्षा प्रणालीअन्तर्गत कर्मचारीहरू मासिक विवरण बुझाउँदा अलिकति ढिला भयो भनेर फारममा सानो समस्या भयो भनेर हामीलाई पाँच बिन्दुले तल झार्दिने?’ खतिवडाले भने ‘यो लोक कल्याणकारी राज्य हो यहाँ श्रमिकको उत्थान र संरक्षणको पनि काम हुन्छ।’ उनले विश्व बैंकलाई पुन मूल्यांकनको लागि नेपाल बोलाएको समेत बताएका छन्। ‘


