![]()
डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका–४, कुर्ङाइलमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। भागेश्वर गाँउपालिकाको बोगटाबाटबाट डडेल्धुरा सदरमुकाम तर्फ आउँदै गरेको म १ ज १८० नम्बरको जीप लाकम र ढिमौलाको बीच कुर्ङाइलमा दुर्घटना भएको हो।
मृत्यु हुनेमा भागेश्वर– ३ बोगटाका ४५ बर्षिय गाडी मालिक दीपेन्द्र शाही र भागेश्वर गाउँपालिका– २, रुपालका २७ वर्षिय धर्मसिं मडै रहेका छन्। जीप सडकबाट एक सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
क्षमता भन्दा बढी यात्रुहरू र घुलाम्य सडक भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।


