Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी । सोसल मिडिया इन्स्टाग्रामले नयाँ फिचर थपेको छ । प्रयोगकर्ताको समयलाई मध्यनजर गर्दै इन्स्टाग्रामले नयाँ फिचरको लञ्च गरेको हो । नयाँ फिचरको नाम Your Activity दिइएको छ । यसबाट अब प्रयोगकर्ताले आफूले इन्स्टाग्राममा विताएको समय थाहा पाउन सक्ने छन् ।

यस्तो जानकारी पाउन प्रयोगकर्ताले इन्स्टाग्राम एपको सेटिंग्स मेन्यूमा जानुपर्नेछ । त्यहाँ एउटा Your Activity नामको अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ प्रयोगकर्ताले इन्स्टाग्राम प्रयोग गरेको समयको चार्ट देख्न सक्नुहुनेछ । यसलाई दैनिक प्रयोग भएको समयमा पनि हेर्न सकिने छ ।

यस्तै फेसबुकले पनि यस्तो फिचर छिटै लञ्च गर्ने जनाएको छ । फेसबुककै अधिनमा रहेको इन्स्टाग्रामले फिचर लञ्च गरे लगत्तै फेसबुकले पनि छिटै यस्तो सेवा आफ्ना प्रयोगकर्ता माझ ल्याउने जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed