Breaking News.... EverestOnlineKhabar
May 1, 2026

फेरी आन्दोलन गर्ने झाको चेतावनी, छठपछि समर्थन फिर्ता लिने

Loading

रौतहट । राजपा नेपालका अध्यक्ष मन्डलका सदस्य अनीलकुमार झाले राजपाले सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने बताएका छन्। दीपावली, नेपाल संवत् तथा छठको अवसरमा रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट झाले सरकारले संविधान संशोधनतर्फ चासो नदेखाएकोले मधेस आन्दोलनका मागहरु सम्बोधन गराउन आन्दोलन गर्नुपर्ने हुँदा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्।

राजपाले सरकारलाई सर्तसहित समर्थन दिएको तर सरकारले कुनै वास्ता नगरेकोले समर्थन फिर्ता लिएर अधिकारका लागि आन्दोलन गर्नुको विकल्प नभएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed