Breaking News.... EverestOnlineKhabar
May 1, 2026

निर्मला पन्तका हत्यारा छिट्टै कानुनी कठघरामा आउँछन्ः गृहमन्त्री थापा

Loading

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बलात्कारी पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरेका छन् । रिपोर्टस क्लवले आयोजना गरेको देउसीभैलो कार्यक्रमपछि बोल्दै गृहमन्त्री थापाले सरकारले अपराधिहरुलाई कानुनी कठघरामा परिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने बताए ।

‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबरजस्तीकरणी गर्ने, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरुलाई कारबाही भैरहेको छ ।’ उनले अघि थपे, ‘जहाँसम्म निर्मला प्रकरणको कुरा हो, त्यो विषयहरुलाई कानूनको कठघरामा ल्याउने प्रक्रिया जारी छ । दोषी र अपराधीहरु कानूनको कठघरामा छिट्टै आउँछन् ।’

यस्सतै, गृहमन्त्री थापाले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ प्रस्तुत हुने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed