![]()
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराबीच पार्टी एकताका विषयमा छलफल भएको छ। मंगलबार बिहान भएको दुई अध्यक्षबीच पार्टी एकताका विषयमा भएको छलफल सकारात्मक रहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिएर समान विचारधारा भएका दलहरूबीचमा एकता र सहकार्य गर्ने नीति अनुसार नै दुई अध्यक्षबीच छलफल भएको हो।
श्रेष्ठले पार्टी एकताका विषयमा भएको वार्ता सकारात्मक रहेको बताए। ‘दुई अध्यक्षबीचको वार्ता सकारात्मक रहेको छ। एकता प्रक्रियालाई टुंगोमा पुर्याउन वार्ता जारी रहनेछ,’उनले भने। प्र
देश तथा प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेपछि दुई राप्रपाबीच एकीकरणका लागि प्रयास हुँदै आएको छ। दुई दलले एकीकरणका लागि वार्ता टोली बनाएर पछिल्लो समय चरणबद्धरुपमा छलफल गर्दै आएका थिए। तर, केही समय यता दुई राप्रपाका शीर्ष नेताहरुबीच पार्टी एकताका विषयमा छलफल हुन सकेको थिएन।


