![]()
बीबीसी । साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमानले परमाणु रियक्टर बनाउने बताएका हुन् । परमाणु रियक्टर आणविक प्रक्रिया सञ्चालन तथा नियन्त्रणमा प्रयोग हुने उपकरण हो ।
तर, यसको प्रयोग केमा गर्ने भन्नेबारे भने स्पष्ट भइसकेको छैन । कच्चा तेलको सबैभन्दा बढी निर्यात गर्ने देश साउदी अरबले तीव्ररुपमा बढीरहेको ऊर्जा आवश्यकतालाई हालसम्म तेल र प्राकृतिक ग्यासबाट पूर्ति गर्दै आइरहेको छ ।


