![]()
एजेन्सी । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । बार्सिलोनाले उसैको घरेलु मैदानमा रायो भालेसानोलाई ३–२ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे । त्यस्तै, ओसुमाने डेम्बेलेले १ गोल गरे । यता, भालेसानोका लागि भने जोसे पोजो र अल्भारो ग्रासियाले गोल गरेका थिए ।
जितसंगै शीर्ष स्थानमा निरन्तर रहेको बार्सिलोनाले ११ खेलबाट २४ अंक बनाएको छ भने भालेसानोले ६ मात्रै बनाएको छ ।
यस्तै, स्पेनिस ला लिगा फुटबलमा लगातार हार ब्यहोरेको रियल मड्रिडले जित निकालेको छ । ला लिगाको पछिल्लो ५ खेलमा १ खेलमा बराबरी र ४ खेलमा लगातार हार ब्यहोरेको रियल मड्रिडले रियल भालाडोलिडलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी यात्रालाई फेरी अगाडि बढाएको छ ।


