Breaking News.... EverestOnlineKhabar
April 30, 2026

स्पेनिस ला लिगामा बार्सिलोना र रियल म्याड्रिड बिजयी

Loading

एजेन्सी । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । बार्सिलोनाले उसैको घरेलु मैदानमा रायो भालेसानोलाई ३–२ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे । त्यस्तै, ओसुमाने डेम्बेलेले १ गोल गरे । यता, भालेसानोका लागि भने जोसे पोजो र अल्भारो ग्रासियाले गोल गरेका थिए ।

जितसंगै शीर्ष स्थानमा निरन्तर रहेको बार्सिलोनाले ११ खेलबाट २४ अंक बनाएको छ भने भालेसानोले ६ मात्रै बनाएको छ ।

यस्तै, स्पेनिस ला लिगा फुटबलमा लगातार हार ब्यहोरेको रियल मड्रिडले जित निकालेको छ । ला लिगाको पछिल्लो ५ खेलमा १ खेलमा बराबरी र ४ खेलमा लगातार हार ब्यहोरेको रियल मड्रिडले  रियल भालाडोलिडलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी यात्रालाई फेरी अगाडि बढाएको छ ।

आफ्नै घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा भने रियल मड्रिडले गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गर्न सफल भयो । रियलको जितमा ओलिभइरा जुनियर र सर्जियो रामोसले गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed