Breaking News.... EverestOnlineKhabar
May 1, 2026

दुई लाख रूपैयाँ घुससहित नापी सर्वेक्षक रंगेहात पक्राउ

Loading

सिरहा ।नापी कार्यालय लहानमा कार्यरत नापी सर्वेक्षक देवनारायण चौधरी सेवाग्राहीसँग घुस लिंदैगरेको अवस्थामा पक्राउ परेका छन्।
आफ्नै कार्यकक्षमा सेवा ग्राहीसँग २ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा चौधरी  पक्राउ परेका हुन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट  प्रहरी नायव उपरीक्षक प्रेमसागर केसीको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीले सखुवा नन्कार्कटी गाउपालिका– २का एक सेवाग्राहीको स्रेस्ता सच्चाउनका लागि घुस मागेका थिए । जग्गाको स्रेस्तामा १ कठ्ठा ३ घुर जग्गा रहेकामा त्यसलाई सच्चाएर १ विघा ३ कठ्ठा बनाउन घुस लिइरहेको अवस्थामा उनलाई अख्तियारले  पक्राउ गरेको हो । चौधरीबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed