![]()
सिरहा ।नापी कार्यालय लहानमा कार्यरत नापी सर्वेक्षक देवनारायण चौधरी सेवाग्राहीसँग घुस लिंदैगरेको अवस्थामा पक्राउ परेका छन्।
आफ्नै कार्यकक्षमा सेवा ग्राहीसँग २ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा चौधरी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट प्रहरी नायव उपरीक्षक प्रेमसागर केसीको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीले सखुवा नन्कार्कटी गाउपालिका– २का एक सेवाग्राहीको स्रेस्ता सच्चाउनका लागि घुस मागेका थिए । जग्गाको स्रेस्तामा १ कठ्ठा ३ घुर जग्गा रहेकामा त्यसलाई सच्चाएर १ विघा ३ कठ्ठा बनाउन घुस लिइरहेको अवस्थामा उनलाई अख्तियारले पक्राउ गरेको हो । चौधरीबारे थप अनुसन्धान भइरहेको छ ।


