![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। छातीमा संक्रमण र श्वासप्रश्वासको समस्याका कारण शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका हुन्।
मंगलबार बिहान अस्पतालले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको र रिपाेर्ट पनि सकारात्मक रहेको अस्पतालले जनाएको हो। प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डाक्टर अरुण सायमीले भने, ‘उहाँको अवस्थामा उल्लेख्य सुधार आएको छ। ब्रेकफास्ट खानुभयो, दाह्री काटेर चट्ट पर्नुभएको छ। यस्तै सुधार भए केही दिनमा हामी उहाँलाई बालुवाटार फर्काउँछौँ।’


