Breaking News.... EverestOnlineKhabar
March 10, 2026

कांग्रेस नेता अमरेशले प्रधानमन्त्रीलाई भने–‘करप्रसाद ओली’

Loading

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले धानमन्त्री खड्गप्रसाद ओलीलाई करप्रसाद ओली भन्न थालेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको सोमबार बसेको संसद बैठकको सून्य समयमा बोल्दै सांसद सिंहले एउटै व्यक्तिलाई तीन ठाउँमा कर लगाउन नपाइने बताए । सिंहले  करमा एकरुपता ल्याउन सरकारसँग माग गरे।

‘कहिले मैक पोल्ने र कहिले ठेगावाललाई कर, कहिले खोला तर्दा कर,’सांसद सिंहले व्यङ्ग गर्दै भने,‘हुँदा हुँदा हामीलाई के समस्या भयो भने हाम्रो प्रधानमन्त्रीलाई जनताले सामाजिक सञ्जालमा करप्रसाद ओली बनाइदिएका छन्। हामी कन्फ्युज भएका छौं। हाम्रो प्रश्न को सँग गर्ने करप्रसादसँग कि खड्गप्रसाद ओलीसँग?’

करको मारमा राजनीति र लोकतन्त्रप्रति जनतामा वितृष्ण उत्पन्न भएको उनले बताए। उनले चाँडै करको समस्या समाधानका लागि सरकारले नीति तथा निर्देशन जारी गर्न माग गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.