![]()
एजेन्सी । विश्व टेनिस नम्बर वान खेलाडी नोभाक जोकोभिचले सिनसिनाटी मास्टर्स टेनिसको उपाधि जितेका छन् । फाइनल खेलमा जोकोभिचले रोजर फेडेररलाई पराजित गर्दै पहिलो पटक सिनसिनाीको उपाधि हात पारेका हुन् ।
जोकोभिचले सात पटकको च्याम्पियन फेडेररलाई ६—४, ६—४ को सेटमा हराउँदै उपाधिमाथि कब्जा जमाएका हुन् । विम्बल्डन च्याम्पियन जोकोभिच सिनसिनाटी मास्टर्समा यसअघिका पाँच प्रतियोगितामा उपविजेता बनेका थिए ।


