Breaking News.... EverestOnlineKhabar
April 30, 2026

जन्ती बोकेको बसबाट खसेर युवकको मृत्यु

Loading

दाङ,१८ बैशाख ।
जन्ती बोकेको बसबाट खसेर आइतबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ, तुलसीपुर–१२ कपडादेवीका २३ वर्षीय सुरज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । उनको नेपालगन्जमा उपचारकाक्रममा मृत्यु भएको हो ।
दंगीशरण गाउँपालिका–२ गोल्टाकुरीबाट जन्ती लिएर तुलसीपुर–१२ दक्षिण कपडादेवीतर्फ जाँदै गरेको ना४ख ६२५० नम्बरको बस कोल्टे पर्दा छतमा बसेका तिम्सिनासहित चारजना खसेका थिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed