Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सुरु भयो मच्छिन्द्रनाथको जात्रा………..

Loading

काठमाडौ,१५ बैशाख ।
नेपालकै सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्रा बिहिबारदेखि राजधानीमा सुरू भएको छ। ललितपुरको कटुवाल दहमा विशेष पूजा गरी मच्छिन्द्रनाथको मूर्तिलाई चाँदीको कलशमा राखेर पाटनको तबहालमा ल्याइएको छ। मच्छिन्द्रनाथको रथ प्रवेश गराउँदा पुल्चोकमै निर्मित मिननाथको रथले स्वागत गर्ने चलन रहेको छ।
ललितपुर स्थित रातो मत्स्येन्द्रनाथको जात्राको सुरूआतमा सर्वप्रथम म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट श्री करुणामयको मूर्ति बनाइ कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रतिस्थापन गरेर रथमा राखिएको हो। साँझ करिब सात बजेतिर मूर्तिको रथारोहण गरिएको थियो। त्यसपछि करिब दुई महिना लामो यो जात्रा औपचारिक रूपमा सुरु भएको हो।
वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरिसकेपछि अक्षय तृतियाका दिन गौदानसहितको शान्ति स्वस्तिपश्चात् चौथी तिथिमा रथयात्रा आरम्भ गरिन्छ। यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ।
रातो मछिन्द्रनाथ जात्राभर करिब १५ किलोमिटर डोरीको सहायतामा रथ तानेर परिक्रममा गराइन्छ। नेवार समुदायका बोसी परिवारले गोदावरी जंगलबाट ल्याएको काठलाई तः बहालमा आवश्यक रूप दिइन्छ।
लिच्छवी राजा नरेन्द्र मल्लले लोककल्याणका लागि पाटनका विभिन्न सीपका नेवार समुदायको सामूहिक प्रयासमा ३२ हात लामो रथ निर्माण गर्न लगाएका थिए।
किंवदन्ती अनुसार लिच्छवि राजा नरेन्द्रदेवका पालामा गुरु गोरखनाथले नवनागको आसन बनाइ बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक वन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत भारतको कामरूप कामाख्या गइ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाण्डौ उपत्यकामा ल्याएको मानिन्छ। मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरुको दर्शनका लागि जानेक्रममा नवनाग मुक्त भई वर्षा भएको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed