Breaking News.... EverestOnlineKhabar
March 5, 2026

संविधान संसोधनको पक्षमा दुई तिहाई पुर्याउन कठिन

Loading

काठमाडौ, बैशाख ।
एमाले नेतृत्वको ९ दलीय प्रतिपक्षी गठबन्धनले संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई असफल पार्ने निर्णय गरेको छ। एमाले संसदीय दलको कार्यालयमा बिहीबार बसेको गठबन्धन बैठकले संविधान संशोधन विधेयकका अन्तरवस्तु विगतको (एमालेको विरोध र मधेशी दलहरुकै असन्तुष्टिका कारण सरकारले संसदबाट फिर्ता लिएको) भन्दा पनि बढि राष्ट्रहित विपरित रहेको ठहर गरेको हो। एमाले नेता सुवास नेम्वाङ्ले भनेः‘ सरकारले संसदमा ल्याएको संविधान संसोधनका अन्र्तबस्तु राष्ट्रिय हित र संविधानको सिद्धान्त विपरित छ, हामी यसको विपक्षमा छौं।’
विपक्षी गठबन्धनमा एक तिहाईभन्दा बढी सांसद छन्। संविधान संसोधन पारित हुन सदनमा तत्काल कायम रहेको कुल सदस्य संख्या (५९३) को दुई तिहाई (३९६) मत आवश्यक पर्छ। संसदमा एमालेका १८१, नेकपा मालेका ५, नेमकिपाका ४, राष्ट्रिय जनमोर्चाका ३, परिवार दलका २ र नेपा पार्टी(वैद्धिक परिषद्), वहुजन शक्ति र मधेश समता दलको एक–एक गरी १९८ सिट छ।
गठबन्धनका नेताहरुले फोरम (लोकतान्त्रिक) संग एकता प्रक्रियामा रहेको जनमुक्त पार्टीका नेता शिवलाल थापा समेत संविधान संसोधनको मुद्दामा प्रतिपक्षी गठबन्धनको साथमै रहेको दावी गरेका छन्। सभामुखले मत दिन नपाउने (मत विभाजनका बेला बराबरी भएको अवस्थामा निर्णायक मत मात्र दिन सक्ने) र फौजदारी कसुरमा जेल सजाय काटीरहेका सांसद सञ्जय साहले मताधिकार प्रयोग गर्न नपाउने भएकाले यी दुई मतको फाईदा पनि प्रतिपक्षी गठबन्धनलाई नै पुग्छ। संविधान संसोधनको विपक्षमा जतिसुकै मत परेपनि पक्षमा कम्तिमा ३९६ मत पर्नु पर्छ।
संसदमा सत्तारुढ कांग्रेसको २०७, माओवादी केन्द्रको ८१ (सभामुख वाहेक), राप्रपाको ३७ राष्ट्रिय जनता पार्टीको २५, संघीय समाजवादी फोरमको १५, फोरम लोकतान्त्रिकको १४, नेकपा संयुक्तको ३ र बाँकी १० सिट साना दलहरुको गरी ३९१ सिट छ। यसमध्ये फोरम लोकतान्त्रिकले संविधान संसोधन विधेयक दर्ता गराउने प्रक्रियामा आफुहरुसँग परामर्श नभएको वताउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.