Breaking News.... EverestOnlineKhabar
July 2, 2026

वाम एकताका बारे कांग्रेसले फैलाएको भ्रममा नपर्न जनतासंग पूर्वप्रधानमन्त्री खनालको आग्रह

Loading

इलाम,१० मंसिर ।
पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले बाम एकताका विषयमा काग्रेसले नकरात्मक प्रचार गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । वाम शक्तिबीचको एकता अब धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने भन्दै पूर्वप्रधानमन्त्री खनालले कांग्रेसले गरेको दुष्प्रचारमा विश्वास नगर्न सम्पूर्ण जनतासंग अपिल समेत गर्नुभएको छ ।
वाम गठबन्धनबाट इलाम क्षेत्र नं १ का उम्मेदवार समेत रहनु भएका वरिष्ठ नेता खनालले भनेः‘वाम गठबन्धनबाट अब पार्टी एकता हुन्छ, यसलाई धर्तीको कुनै पनि शक्तिले रोक्न सक्दैन् ।’ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संविधान पूर्ण कार्यान्वयन हुने भन्दै उहाँले त्यसपछि परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै लैजाने र मुलुक सम्बृद्धिको दिशामा अघि बढ्ने धारणा राख्नुभयो ।
वरिष्ठ नेता खनालले अगाडी भनेः‘ जनताले चाहेजस्तो विकास नभए पनि इलाम क्षेत्र नं १ मा धेरै विकास निर्माण भएका छन, केही बाँकी छन् तिनलाई पनि निर्वाचनपछि पूर्णता दिने मेरो दृढ संकल्प छ ।’ नेता खनालले लोकतान्त्रिक विकास र समृद्धि कम्युनिष्टको एजेण्डा भएको र देशमा अव आउने परिवर्तनको नेतृत्व पनि कम्युनिष्टले नै गर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed