Breaking News.... EverestOnlineKhabar
July 1, 2026

युरोपियन युनियनबाट बहिरिनु बेलायतका लागि क्षति हुने क्लिन्टनको दावी

Loading

एजेन्सी,३० असोज ।
अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले बेलायतको युरोपियन युनियनबाट हुने बहिर्गमनले बेलायतलाई धेरै ठूलो क्षति हुने दावी गरेकी छन् । उनले बहिर्गमनले विभिन्न उद्योग कम्पनीलाई आफ्ना साधनस्रोतलाई युरोपतर्फ लग्न बाध्य तुल्याउने बीबीसी टेलिभिजनको आइतबारको प्रशारणका लागि दिएको अन्तर्वार्तामा बताएकी हुन् । बेलायतले इयु छोड्दा यसले आफ्नो व्यापारिक सम्बन्धलाई पुनः व्यवस्थित गर्नुपर्ने र यसका कारण बेलायतको आर्थिक पक्षमा गम्भीर अवरोध आउनसक्ने क्लिन्टनको भनाइ थियो । सम्झौता हुन्न भन्नुको अर्थ व्यापारिक सम्झौतालाई महत्व नदिइनु भएको उनले दाबी गरिन् । यसको अर्थ बेलायती उत्पादनलाई इयुको सदस्य रहँदाको अवस्थामा झैँ युरोपेली बजारमा सहज पहुँच नदिइनु भएको उनले बताइन् ।
अमेरिकी पूर्वविदेशमन्त्री समेत रहेकी क्लिन्टनले भनिन्ः‘बेलायती व्यापारिक क्षेत्रमा हुने अवरोध गम्भीर हुनसक्छ ।’ बेलायतले इयुबाट बहिर्गमनको प्रक्रियाका लागि छलफल चलाइरहेको छ । लन्डनले सन् २०१९ को मार्चसम्म प्रक्रियालाई टुंगोमा पुर्‍याउने तर व्यापारिक सम्झौता भने नहुन पनि सक्ने बताएका बेला क्लिन्टनको यस्तो भनाइ आएको हो ।
बेलायतले आर्थिक दायित्व व्यहोर्नुपर्ने माग
यसैगरी इयु आयोग प्रमुख जँ क्लाउड यंकरले ब्रेक्जिट व्यापार वार्ताका लागि बेलायतले आर्थिक दायित्व बहन गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed