Breaking News.... EverestOnlineKhabar
March 11, 2026

बाइडन अमेरिकी कंग्रेसबाट अनुमोदन, ट्रम्प गतिविधिको विश्वभर विरोध

Loading

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनको जीतलाई अमेरिकी कंग्रेसले अनुमोदन गरेको छ । यो अनुमोदनसँगै आगामी जनवरी २० मा बाइडनले राष्ट्रपतिको पद सम्हाल्नुहुनेछ । एकातर्फ अमेरिकी कंग्रेसमा बाइडनको जीतलाई अनुमोदन भइरहेको थियो भने अर्कोतर्फ ट्रम्प पक्षीय कार्यकर्ताहरुले निर्वाचन परिणामको विरुद्ध हिंसात्मक बिरोध प्रदर्शन गरिरहेका थिए । जसका कारण चार जनाको मृत्यु भयो । बिरोधको मुख्य बिषय थियो बाइडेनको जीत अस्वीकार । यस बिषयमा वेलायती प्रधानमन्त्री वोरिस जोनसोनले राष्ट्रपति ट्रम्पको गतिविधि पुर्णरुपमा गलत भन्नु भएको छ। यसैगरी मिसेल ओबामाले यो प्रदर्शन र हिंसात्मक गतिविधिलाई आतंकबादी गतिविधि भन्नुभएको छ भने अन्य बौद्धिक र राजनीतिक व्यक्तित्वहरुले ट्रम्प कार्यकर्ताहरुको गतिविधिलाई अराजनीतिक भनी टिप्पणी गरेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.