Breaking News.... EverestOnlineKhabar
March 11, 2026

Loading

२०७६ चैत ३०, लण्डन – कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्याङ्जा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो । मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए । उपचारका क्रममा उनको निधन भएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.