Breaking News.... EverestOnlineKhabar
March 11, 2026

Loading

बेलायतमा पछिल्लो दुई दिनमा कोरोना भाइरसको संक्रमणबाट पाँच जना नेपालीको मृत्यु भएको छ। योसँगै बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ । बुधबार तीनजना तथा बिहीबार दुईजना नेपालीको मृत्यु भएको हो । बुधबार मृत्यु हुनेमा भूपू गोर्खा सैनिक ५९ वर्षीय चेतप्रसाद गुरुङ, शिव श्रेष्ठ र मेघबहादुर गुरुङ रहेका छन् । त्यस्तै केदार पन्त र अर्का एक जना नाम नखुलाइएका नेपालीको पनि कोरोना भाइरसका कारण बिहीबार मृत्यु भएको छ । तीन साताअघि लन्डनको ह्यारोमा बसोबास गर्दै आइरहेका ६५ वर्षीय भूपू गोर्खा सैनिक लिलाबहादुर राई र त्यसको एक सातापछि दक्षिणी लन्डनमा बसोबास गर्ने ४० वर्षीय प्रशान्त अर्यालले ज्यान गुमाएका थिए । बेलायतमा हाल एक लाखभन्दा बढी नेपालीको बसोबास रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.