![]()
२०७६ फागुन २५, काठमाडौं । अर्जुन कुमारको निर्माण रहेको फिल्म ‘चपली हाइट–३’को टिजर सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गरिएको टिजर सस्पेन्स थ्रिलर शैलीमा तयार गरिएको छ । फिल्म निकेश खड्काले निर्देशन गरेका हुन् । स्वस्तिमा र अर्पणको अलवा फिल्ममा सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारको अभिनय समेटिएको छ । सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्धन्द रहेको फिल्म अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्म सन् २०१२ को सुपरहिट ‘चपली हाइट’को तेस्रो सिक्वेलको रुपमा निर्माण भएको हो ।


