![]()
२०७६ फागुन १४, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अन्ततः सांसद बन्ने भएका छन् । उनलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गरिने भएको हो । नेकपाको केन्द्रीय सचिवालय बैठकले वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनयका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रपति समक्ष वामदेवको नाम राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।


