Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सुनको मूल्य एक तोलाको ८० हजार रुपैयाँ

Loading

२०७६ फागुन १३, काठमाडौँ – लगातार बढिरहेको सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८० हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा तीन सय रुपैयाँले घटेर ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य ८० हजार रहेको थियो । चाँदीको मूल्य स्थिर रही तोलामा नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed