Breaking News.... EverestOnlineKhabar
July 28, 2026

गोकुल बास्कोटालाई प्रधानमन्त्रीले संरक्षण गरे आन्दोलन चर्काउने नेविसंघको चेतावनी

Loading

२०७६ फागुन ०८, काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गरे त्यसविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका बेला स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग ७० करोड रुपैयाँ कमिसनका लागि ‘सेटिङ’ गरेको ‘अडियो’ सार्वजनिक भएलगत्तै सञ्चार मन्त्री बास्कोटालाई कारवाहीको माग गर्नु पर्ने सवत्र माग उठरिहेका बेला उनलाई संरक्षण गरिए त्यसविरुद्ध आन्दोलनमा उत्रिने नेविसंघले चेतावनी दिएको हो ।

नेविसंघले बिहीबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारका प्रवक्ता तथा आफ्ना प्रिय पात्र बाँस्कोटालाई संरक्षण गर्न प्रधानमन्त्री उद्दत देखिए नेपाल विद्यार्थी संघ आन्दोलनको आधिबेहरी सिर्जना गर्न बाध्य हुने यसै विज्ञप्तिमार्फत् चेतावनी दिन चाहन्छौं ।’ प्रतिपक्ष नेपाली कांग्रेसले घुस ‘डिलिङ’ प्रकरणमा मुछिएका सञ्चारमन्त्री गोकुल बास्कोटालाई तत्कालै बर्खास्त गरी उनीमाथि छानविन गर्न सारकारसँग माग गरेको थियो ।

मन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका क्रममा स्वीच कम्पनीका नेपाल प्रतिनिधिसँग घुस ‘डिलिङ’ गरिरहेको ‘अडियो क्लिप’ सार्वजनि भएलगत्तै बिहीबार कांग्रेसले पत्रकारसम्मेलनमार्फत सञ्चारमन्त्रीलाई कारवाहीको माग गरेको हो । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीले कसरी भ्रष्टाचार गरिरहेका छन् भन्ने मन्त्री बास्कोटाको यो प्रकरणबाट स्पष्ट भएको भन्दै उनलाई तत्काल कारवाही नगरे कांग्रेस जस्तो सुकै विरोधमा उत्रिने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed