Breaking News.... EverestOnlineKhabar
July 28, 2026

Loading

२०७६ माघ २०, काठमाडौँ – जबरजस्ती करणी गरेर फरार रहेका एक आरोपी कुवेत जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले धादिङ गजुरी गाउँपालिका – ८ बस्नेत गाउँका हरिकृष्ण भनिने हेमन सिंह बस्नेतलाई विमानस्थलबाट पक्राउ गरेको हो । बस्नेतले धादिङ गजुरी गाउँपालिका–८ हलेदेखोला स्थित स्थानीय १६ वर्षीय युवतीलाई रातको तीनबजे आफ्नै घर कोठामा सुतिरहेको अवस्थामा ढोका फोडी कोठाभित्र प्रवेश गरि मुख थुनेर बलात्कार गरेको आरोप छ । घटनालगत्तै फरार रहेका उनी भारतको विभिन्न क्षेत्रमा लुकिछिपी बसेका थिए । पछिल्लो समयमा नेपाल आएका उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरि वैदेशिक रोजगारको लागि कुबेत जाने क्रममा प्रहरीको फन्दामा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed