Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ माघ ०६, बुटवल– नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सरका कारण थलिएका ८२ वर्षीय पोखरेलको सोमबार रुपन्देही तिलोत्तमा १४ खैरियास्थित निवासमा निधन भएको हो । १९९४ साल माघ १९ गते प्युठानमा जन्मिएका कांग्रेसका पूराना नेता पोखरेल कांग्रेको सिफारिशमा समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनेका थिए । प्रदेश सभाकै जेष्ठ सदस्य शर्माले प्रदेश सभाका सदस्यहरुलाई जेष्ठ सदस्यको हैसियतमा सपथ ग्रहण गराएका थिए । शर्माले संस्कृत साहित्यमा मध्यमा गरेका थिए । उनका एक श्रीमती, ४ छोरा र २ छोरी छन् ।

शर्माको विगतको राजनीतिक यात्रा

२०१४ सालको भद्र अवज्ञा आन्दोलनदेखि शुरू

दरबार हाइस्कूल काठमाडौंमा पढ्दा संस्कृत छात्र संघको उपसभापति भएर राजनीति शुरू

नेपाल छात्र संघको केन्द्रीय समितिको सदस्य, २०१६ सालमा वीपी कोइरालाद्वारा गठित नेपाल तरूण दलमा प्युठानबाट प्रतिनिधित्व

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रबाट भएको कू पश्चात फागुनसम्म भूमिगत

२०१७ साल पुस १ को कूपश्चात चैतमा गिरफ्तार भई २०२१ सालसम्म नेपालगञ्ज जेलमा बसेको

२०२९ सालमा पार्टीद्वारा सञ्चालित विद्रोहमा सक्रिय रहँदै बनारसको सारनाथमा वीपी कोइरालाको साथमा ५ महिनासम्म बसेको

२०३३ सालमा वीपी कोइराला, गणेशमान सिंह लगायत नेताहरूसँग राष्ट्रिय मेलमिलापको नीति लिई नेपाल फर्केर पार्टीमा क्रियाशिल

२०४२ सालसम्म पार्टी रुपन्देही जिल्ला सचिव। पार्टी विभाजन भएपछि शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सल्लाहकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed