Breaking News.... EverestOnlineKhabar
July 28, 2026

सन्दीपले लिए २ विकेट, मेलबर्नलाई १६९ रनको लक्ष्य

Loading

२०७६ पुस २५, एजेन्सी । बिग बास लिग (बीबीएल) क्रिकेटमा मेलबर्न रेनेगेड्सले नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सलाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको छ । डकल्याण्डमा टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रन बनायो । रेनेगेड्सका लागि शौन मार्शले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस हारिसले ४२ रन जोड्दा बेउ वेब्स्टरले २५ रन बनाए ।

टम कोपर १५ रनमा आउट हुँदा कप्तान डेनील क्रिस्टियनले १२ रन बनाए । मेलबर्नका नाथन कल्टर नील र सन्दीप लामिछानेले २–२ विकेट लिए । सन्दीपले ४ ओभरमा ३९ रन खर्चिएर २ विकेट लिएका हुन् । यस सँगै सन्दीपले यस सिजन ७ खेलमा ८ विकेट हात पार्न सफल भएका छन् । मेलबर्न ७ खेलमा ६ जितसहित १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अघिल्ला ७ खेलमा पराजय ब्यहोरेको रेनेगेड्स पहिलो जितको खोजीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed