![]()
२०७६ पुस २५, मोरङ । आफ्नै भाउजुलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । मोरङको बेलबारी नगरपालिका–७ केराटोल बस्ने ४० वर्षीय जगतबहादुर परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । सामान्य घरायसी बिवाद हुँदा जगतबहादुरले आफ्नै ३५ वर्षीया भाउजुलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । सुचना प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


