Breaking News.... EverestOnlineKhabar
July 30, 2026

Loading

२०७६ पुस २४, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–२ धपेनीमा बुधबार साँझ बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । उदयपुरकै रामपुर झिल्केबाट कटारी आउँदै गरेको मे १ ज २६६२ नम्बरको बोलेरो जिप साँझ पौने ६ बजे सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा जिपमा सवार स्थानीय २६ वर्षीय मिलन राई र जीपधनी झापाको विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका जीप चालकसहित चार जनाको कटारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

यस्तै, उदयपुरकै त्रियुगा नगरपालिका–१० मा बुधबार साँझ ५ बजे स१ह ३८११ नम्बरको अटो रिक्सा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रिक्सामा सवार त्रियुगा–७ की २० वर्षीया सीमा दुनुवारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये एक जनालाई उपचारको लागि विराटनगर पठाइएको छ । दुई जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.