Breaking News.... EverestOnlineKhabar
July 31, 2026

हुम्लामा हप्तादिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

Loading

२०७६ पुस २२, सिमकोट – हुम्लामा टेलिफोन सेवा अवरुद्ध भएको हप्ता दिन भएको छ । नेपाल टेलिकमले प्रदान गर्ने सबै सेवा ठप्प भएको हप्ता दिन हुँदा पनि सुरुचारु हुन नसक्दा स्थानीय बासिन्दा सञ्चार बिहीन भएका छन् । गत बिहीबार कालिकोटको माहाबु लेकमा रहेको नेपाल टेलिकमको टावरमा हिमपातका कारण क्षति पुगेपछि हुम्ला जिल्लाको सञ्चार सेवा अवरुद्ध हुँदै आएको हो । एडिएसएल, जिएसएम, ल्याण्डलाईन सबै ठप्प रहेको स्थानीय सेवाग्राही सरोज रावतले बताए ।

नेपाल टेलिकमकै सिडिएमए सेवाले भने काम गरेको छ । तर इन्टरनेट सेवा भने पूर्ण रुपमा बन्द भएको छ । हिमपातका कारण माहाबु लेकमा जान प्राविधिकलाई कठिन भएको नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ । मंगलबार त्यसतर्फ प्रस्थान गरेको टोली मौसमले साथ दिए टोली बुधबारसम्म टावरमा पुगेर मर्मत कार्य सुरु गर्ने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.