Breaking News.... EverestOnlineKhabar
July 28, 2026

धम्क्याएर रकम असुल्ने पक्राउ

Loading

२०७६ पुस १७, दाङ । धम्की दिँदै रकम असुल्ने रोल्पाका राजकुमार दमाईलाई दाङ प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । रोल्पाको परिर्वतन गाउँपालिका–५ राङकोटका ३५ बर्षीय दमाईले एकसाता अघि घोराही उपमहानगरपालिका–१५ विपि चोक बस्ने ४८ बर्षका एक ब्यक्तिलाई धम्क्याई १३ लाख रुपैयाँ मागेका थिए । उजुरी परेपछि प्रहरीले नक्कली रुपैयाँका साथ पीडितलाई दमाईसँग भेट्न पठाएको थियो । नक्कली रुपैयाँ बुझ्दै गर्दा दमाईलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार बेलुकी पक्राउ गरेको हो । दमाईका साथमा एक थान कटुवा पेस्तोल र एउटा गोली समेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दमाईमाथि जिल्ला प्रहरीका कार्यालयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed