Breaking News.... EverestOnlineKhabar
July 28, 2026

Loading

२०७६ पुस १४, काठमाडौं । चकलेटी अभिनेताको रुपमा एक समय नेपाली फिल्म अभिनयमा दबदबा कायम गरेका अभिनेता राजबल्लभ कोइराला पिता बन्ने भएका छन् । उनले आइतबार सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितको केही तस्विर सार्वजनिक गर्दै आफू पिता बन्न लागेको जानकारी दिएका हुन् । उनले तस्बिरका साथ लेखका छन् ‘बढ्दै गरेको परिवारलाई लिएर उत्साहित छु । कृपया हाम्री सानी राजकुमारीका लागि प्रेम र आर्शिवाद पठाउनु होला ।’ राजबल्लभले २ वर्ष अगाडि प्रतिमा विमलीसँग लगनगाँठो कसेका थिए । केही बर्ष अगाडि फिल्म ‘हाइवे टु धुम्पुस’को कामका लागि भन्दै अमेरिका पुगेका उनी अहिले पनि उतै छन् । उनी अभिनित पछिल्लो नेपाली फिल्म ‘६ एकान ६’ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed